Skip to content
Prabhu

जनवरीमा पाकिस्तानको विप्रेषण २६.२ प्रतिशत वृद्धिः केन्द्रीय बैंक

nabil

इस्लामावाद । सन् २०२४ जनवरीमा विदेशमा कार्यरत पाकिस्तानी कामदारहरूले पठाएको विप्रेषण अघिल्लो बर्षको तुलनामा २६।२ प्रतिशतले बढेको पाकिस्तानको केन्द्रिय बैंक (एसबिपी) ले सोमबार जनाएको छ ।

जनवरीमा कामदारहरूबाट आएको विपे्रषण २.३ अर्ब अमेरिकी डलर रेकर्ड भएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा उक्त रकम १.९ अर्ब डलर थियो । पाकिस्तानको विपे्रषण मासिक रूपमा ०.६ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।

सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्मको चालू आर्थिक वर्षको पहिलो सात महिनामा विप्रेषण आय १५।८ अर्ब डलर पुग्ने प्रक्षेपण तथ्याङ््कमा उल्लेख गरिएको छ । 

गत महिना साउदी अरबबाट ५८ करोड ७३ लाख डलर, संयुक्त अरब इमिरेट्सबाट ४० करोड ७६ लाख डलर, बेलायतबाट ३६ करोड २१ लाख डलर र संयुक्त राज्य अमेरिकाबाट २८ करोड ३४ लाख डलर बिप्रेषण आएको केन्द्रीय बैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal