Skip to content
Prabhu

नेपाल फाइनान्सको सेयर मूल्यमा उच्च गिरावट

काठमाडौं । सेयर बजारमा आइतबारको कारोबार जारी रहँदा नेपाल फाइनान्सको सेयर मूल्यमा उच्च गिरावट आएको छ । आजको दिउँसो साढे १२ बजेको कारोबार समयसम्ममा यो कम्पनीको सेयर मूल्य ९.९५ प्रतिशतले घटेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २०५ रुपैयाँ ९० पैसाले घटेर १ हजार ८६४ रुपैयाँ १० पैसा पुगेको छ । पछिल्ला दिनहरुमा यो कम्पनीको सेयर मूल्य लगातार जसो घटिरहेको छ ।

आज समग्र बजार परिसूचक नेप्से भने ३३ दशमलव ०९ अंकले बढेर ३०३३ दशमलव ९० विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.१० प्रतिशतले धेरै हो । आजको कारोबार जारी रहँदा समग्र रुपमा बजारमा १२ अर्ब ५१ करोड ४४ लाख ५१ हजार ३०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal