Skip to content
Prabhu

दुग्ध किसानको रकम भुक्तानीका लागि प्रयास जारी छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दूग्ध किसानको समस्याबारे आफू जानकार रहेको भन्दै जसरी पनि भुक्तानी पाउनुपर्नेमा जोड दिएका छन् । मन्त्री अधिकारीले यसका लागि अर्थ मन्त्रालयसँग कुरा गरिरहेको पनि जानकारी दिएका हुन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा भएको दुग्ध व्यवसायीसहित सरोकारवालाको छलफलका क्रममा मन्त्री अधिकारीले किसानसँग उधारोमा दूध लिने डेरी तथा उद्योगीले उक्त रकम अन्यत्र लगाउने गरेको बताए । आफू दूग्ध किसानको समस्या समाधान गर्नेतर्फ केन्द्रित रहेको बताउदै मन्त्री अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी)मार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयास लागि रहेको जानकारी दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले दुधको उत्पादन बढदै जाँदा यस्को व्यवस्थापन कसरी गर्ने भन्नेमा अध्ययन गर्न बोर्डलाई निर्देशन दिए । बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादवले दुधको मूल्य समयोजन बैज्ञानिक रहेकोे जनाउँदै दुग्ध किसानको रकम भुक्तानीमा सबै पक्ष गम्भीर बन्नुपर्ने बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal