Skip to content

रमेश हमालले प्रिमियममा आइपीओ निष्कासन गर्न दिएको सोनापुर सिमेन्ट १४ करोड ७८ लाख घाटामा

काठमाडौं । धितोपत्र बोर्डमा अध्यक्ष हुँदा रमेश हमालले चलखेल गरेर प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्न दिएको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड घाटामा गएको छ । 

कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार १४ करोड ७८ लाखले घाटामा छ । 

रमेश हमाल धितोपत्र बोर्डको अध्यक्ष हुँदा चलखेल गरेर घाटामा रहने कम्पनीलाई प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न अनुमति दिएका थिए । 

कम्पनीले आयोजना प्रभावितलाई १०० रुपैयाँ अंकित मूल्यमा १२५ प्रिमियम थपेर २२५ रुपैयाँमा आइपीओ निष्कासन गरेको थियो भने सर्वसाधारणलाई १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थपेर २३७ रुपैयाँ ५८ पैसामा आइपीओ निष्कासन गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा जम्मा ७० करोडको बिक्री गरेको छ । घाटामा गएसँगै प्रतिसेयर आम्दानी ९.६५ रुपैयाँले ऋणात्मक भएको छ । 

सोनापुरले प्रिमियम मूल्यमा ९७ लाख ७३ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो । सेयर सप्लाई कम भएको कारण चलखेल गरेर यसको मूल्य अहिले दोस्रो बजारमा ४६५ रुपैयाँ छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi