Skip to content
Prabhu

सिटिजन्स बैंकद्वारा आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आमा घर, गोदावरीका बालबालिकालाई  न्यानो कपडा सहयोग प्रदान गरेको छ । आमा घर आफ्नो घर र परिवार गुमाएर जोखिममा रहेका घरबारविहीन बालबालिकालाई हेरचाह गर्ने संस्था हो । 

अभावमा रहेका बालबालिकालाई  घर, उत्कृष्ट शिक्षा, स्वास्थ्य र हेरचाह प्रदान गर्न समर्पित आमा घरमा हाल ४६ जना बालबालिका  आश्रित छन् । चिसो मौसमलाई मध्यनजर गर्दै बालबालिकाहरूको पठनपाठन र दिनचर्यामा समेत मद्दत पुगोस् भनेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो । 

शुक्रबार आमा घरमा आयोजित एक समारोहका बीच सहयोग स्वरूप न्यानो कपडा हस्तान्तरण गरिएको हो । समारोहमा आफू उपस्थित हुन नपाएता पनि बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आफ्नो संस्थाले सहयोग स्वरूप न्यानो कपडा बालबालिकाहरूलाई दिन पाउँदा समाजप्रतिको उत्तरदायित्व बोध गरेको बताए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal