Skip to content
Prabhu

सांग्रिला बैंकको २ लाख १५ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ८ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको कूल २ लाख १५ हजार ३५५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

जसमध्ये ७५ हजार ६७२ कित्ता सेयर सर्वसाधारणले र १ लाख ३९ हजार ६८३ कित्ता सेयर संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् ।

उक्त सेयर किन्न इच्छुक सर्वसाधारणले १५ दिनभित्र र संस्थापक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal