Skip to content

नेशनल लाइफको ३६औँ वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

nabil bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको ३६ औं वार्षिक साधारणसभा लाभांश पारित गर्दौ सम्पन्न भएको छ । साधारणसभाले आव २०७९/८० को लागि अद्यावधिक चुक्ता पुँजीको १० प्रतिशतका दरले आउने नगद लाभांश पारित गरेको हो ।

इन्स्योरेन्सले ५० करोड ११ लाख ६६ हजार ६४२.५० र ४ प्रतिशतका दरले बोनस सेयर लाभांश २० करोड ४ लाख ६६ हजार ६५७ र उक्त नगद एवं बोनस लाभांशमा कर प्रयोजनको लागि ३ करोड ६९ लाख २८ हजार ६८.९ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पु¥याउनुपर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ मा ४ प्रतिशतको बोनस सेयर थप भई कुल चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ पुगेको छ ।

सभामा अध्यक्ष प्रेमा सिंहले सभामा आर्थिक वर्ष २०७९/८० मा बढ्दो ब्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव पारी पुँजीगत खर्च एवं समग्र मागमा आएको कमिले स्वदेशी अर्थ ब्यवस्थामा प्रतिकूल प्रभाव परेको कारण जीवन बीमा ब्यवसाय आशातित रुपमा विस्तार हुन नसकेको भएतापनि आव २०८०÷०८१ मा जीवन बीमा ब्यवसायले सुधारको वाटो तय गरेको बताइन्।

कम्पनीको आव २०७९/८० मा कुल बीमाशुल्क १६.६ प्रतिशतले बृद्धि भई १,६८०.९० करोड पुगेको छ । समीक्षा वर्षको संचालनवाट जम्मा ९३१.८३ करोड रुपैयाँ खूद थप रकम कुल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले वृद्धि भई वर्षान्तमा ६,५४०.४० करोड रुपैयाँ पुगेको छ । कूल लगानी १५.७२ प्रतिशतले वृद्धि भई ४,९७८.२० करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०७९/८० मा सो दर ९.४५ प्रतिशत कायम रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime