Skip to content

कामना सेवा विकास बैंकका कर्मचारीलाई भिगोर क्लिनिकमा २० प्रतिशत छुट

nabil
global ime

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको महाराजगंजस्थित भिगोर सुपर स्पेसियालिटी क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।सो सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त गर्ने जनाइएको छ ।  

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पुर्‍याउने उद्देश्यले स्थापित उक्त भिगोर सुपर स्पेसियालिटि क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा प्राप्त गर्न सकिने बताइएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima