काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको लेखापरीक्षण समिति पुनर्गठन भएको छ । केही दिनअघि मात्रै पुनःगठन भएको समितिका सदस्यसचिव कामु सीईओको जिम्मेवारीमा गएपछि पुनः गठन गरिएको हो ।
पुनर्गठन गरिएको लेखापरीक्षण समितिमा सदस्य सचिवबाहेक संयोजक र सदस्य पहिलेकै रहेका छन् । लेखापरीक्षण समितिको संयोजकमा कम्पनीका सञ्चालक रविनकुमार नेपाल छन् । त्यस्तै सदस्यमा सीताराम थापा र सदस्य सचिवमा खिलेन्द्र पौडेल छन् ।
प्रतिक्रिया दिनुहोस्