Skip to content
Prabhu

माछापुच्छ्र्रे बैंकको चाडपर्व लक्षित योजनाः आधार दरमा ०.५ प्रतिशत प्रिमियम थपेर ऋण दिने

काठमाडौं । माछापुच्छ्रे् बैंकले नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी १ महिनाका लागि कर्जा सुविधामा छुट गर्ने योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजनाअन्तर्गत माछापुच्छ्र्रे बैंकले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । साथै, सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउनेछ । सो कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गक्ने छन् ।

त्यस्तै बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । यसका साथै उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्ने छ । माथि उल्लेखित अफरहरु भदौ ३१ सम्म लागू हुनेछन् ।

हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १ सय ६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १ सय ३० शाखारहित बैंकिङ सेवा, २ सय २ वटा एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal