Skip to content
Prabhu

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

 

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय डुम्रे, तनहुँमार्फत सालबिस्नेस्थित सत्यवती देवी आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

बैंकका शाखा कार्यालय डुम्रेका शाखा प्रमुख बलराम लम्सालले विद्यालयका प्रधानाध्यापक ईश्वरबहादुर देवकोटाको उपस्थितिमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरु, शिक्षकहरु तथा स्थानीय साथै बैंकका कर्मचारीहरुको उपस्थिति  थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ  ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal