Skip to content
Prabhu

एभरेष्ट बैंकका ग्राहकले धनगढी नेत्रालयका सेवामा १० प्रतिशत छुट पाउने

काठमाडौं । एभरेष्ट बैंक र कैलालीस्थित धनगढी नेत्रालयबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो सँगै बैंकका सम्पूर्ण ग्राहकले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । 

बैंकका वरिष्ठ प्रबन्धक सतिशप्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भए सँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारिक सदस्यहरुले उक्त अस्पतालबाट ओपिडी तथा आईपिडी र चश्मा तथा फ्रेममा  १० प्रतिशतसम्म साथै फार्मेसी तथा सर्जरीमा सेवामा ५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।

 बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दको उपस्थितिमा हस्ताक्षरित उक्त समारोहमा बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक उज्वलकुमार पोखरेलको समेत उपस्थिति थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal