एजेन्सी । आर्टिफिशियल इन्टेलिजेन्स (एआई)ले रेस्टुरेन्ट मालिकहरूलाई कसरी मद्दत गर्न सक्छ ? के नयाँ स्वादिष्ट परिकारहरू तयार गर्न एआईको सहयोग लिन सकिन्छ ? यस विषयमा केही उदाहरणले सही तरिकाले एआईको प्रयोग गर्ने हो भने स्वादिष्ट खाना तयार गर्न सकिन्छ भन्ने देखाएका छन् ।
स्पार्तक अरुतयुनयान दुबईमा डोडो पिज्जा डेलिभरी चेनका मेन्यू डेभलपमेन्ट हेड हुन् । उनले एआईलाई दुबईको सबैभन्दा उत्कृष्ट पिज्जा रेसिपी बनाउन भनेका थिए । उनी भन्छन्, “उसले रेसिपी तयार ग¥यो, हामीले त्यसलाई सुरु ग¥यौं, त्यो निकै लोकप्रिय भयो र अहिलेसम्म पनि मेन्यूको हिस्सा छ ।”
दुबईको ३० लाख जनसंख्यामा ९० प्रतिशत मानिस बाहिरबाट आएका छन् । स्पार्तक भन्छन्, “यहाँ संसारभरका विभिन्न संस्कृति भएका मानिसहरू छन्, जसमा भारतीय, पाकिस्तानी, फिलिपिनो, अरब, र युरोपियनहरु अधिक छन् ।”
स्पार्तकले च्याटजीपीटीलाई पिज्जा रेसिपी बनाउन भनेका थिए, जसले दुबईको सांस्कृतिक विविधतालाई समेटोस् । च्याटजीपीटीले अरेबिक शवर्मा चिकन, भारतीय ग्रिल्ड पनिर, मध्यपूर्वका जÞा’अतर जडीबुटी र ताहिनी (सफेद तिलको चटनी) जस्ता टपिङको संयोजनको सुझाव दियो ।
डोडो पिज्जाका ग्राहकहरूले यस पिज्जाको निकै प्रशंसा गरे । स्पार्तक भन्छन्, “सेफका रूपमा म यी सामग्रीहरू पिज्जामा प्रयोग गर्ने सोच्दिनथेँ, तर यसको स्वाद अनौठो र उत्कृष्ट थियो ।”
नयाँ परिकारहरूः सफलता र असफलता
यद्यपि, एआईले सुझाव दिएका केही परिकारहरू कहिल्यै मेन्यूमा परेनन् । जस्तै, स्ट्रबेरी र पास्ता, वा ब्लूबेरी र दलियाको पिज्जा । केही सुझावहरूले ठूलो सफलता पाए, तर केही सुझाव असफल पनि भए ।
डालासको वेलवेट टाकोजमा काम गर्ने क्युलिनरी निर्देशक वेनेसियो विलिसले पनि एआईको प्रयोग गरेर नयाँ परिकारहरू तयार गरे । उनले एआईलाई आठवटा सामग्री प्रयोग गरेर टाको बनाउन भने । प्रारम्भमा केही संयोजनहरू अनौठा लागे, जस्तै, रातो करी, नरिवल तोफु र अनानास, तर अन्ततः उनले प्रोन र स्टेक टाको छनोट गरे र ग्राहकहरूलाई प्रस्तुत गरे ।
विलिस भन्छिन्, “मलाई लाग्छ, जब तपाईंलाई कुनै नयाँ कुरा सोच्न गाह्रो हुन्छ, एआई एक राम्रो उपकरण हुन सक्छ । यो दिमागलाई काम गराउँछ, यो संयोजनले काम गर्न सक्छ, यो बनाउन सकिन्छ । एआईले केही यस्तो सुझाव दिन सक्छ, जुन मैले पहिले कहिल्यै सोचिनँ ।” उनी आफू पूर्ण रूपमा एआईमा भर नपर्ने बताउँछिन् ।
धेरै मानिसले एआईलाई मन पराउँदैनन् । लन्डनका ककटेल क्रिएटर जुलियन डी फेरललाई एआईको प्रयोग गर्न मन छैन । किनकि त्यसका सुझावहरूमा प्रायः सामान्य ज्ञानको कमी हुन्छ ।
सिएटलस्थित वाशिंगटन विश्वविद्यालयकी भाषाविज्ञान प्रोफेसर एमिली बेंडर चेतावनी दिन्छिन्, “एआई च्याट बट कुनै जादू होइन ।” उनी भन्छिन्, एआईले सारा ज्ञान अनलाइनबाट प्राप्त गरेको छ । “च्याटजीपीटीले यदि कुनै रेसिपी बताएको छ भने, त्यो इन्टरनेटमा पहिले नै भएको रेसिपी हो ।”
उनी एआईले सम्भवतः कसैको कुकिङ ब्लगबाट रेसिपी चोरेको हुनसक्छ । जसका कारण त्यस ब्लगका पाठक र विज्ञापन आम्दानी घटेको हुन सक्छ । यद्यपि, प्रोफेसर बेन्डर भविष्यमा एआईले मद्दत गर्न सक्छ भन्नेमा सहमत छन् ।
उनी भन्छिन्, “एआईलाई सामग्रीलाई विभिन्न श्रेणीमा वर्गीकृत गर्न र स्वादिष्ट लाग्ने संयोजनहरू अनलाइनबाट खोज्न भनेको खण्डमा यो उपयोगी हुन सक्छ ।” तर यसका लागि राम्रोसँग अनुसन्धान गरिएका प्रश्नहरू हुनु आवश्यक छ ।
ट्रेन्डहरू थाहा पाउन एआईको प्रयोग
यूकेको सुपरमार्केट चेन ‘वेटरोज’ले एआईको प्रयोग गरेर सामाजिक सञ्जालमा ट्रेन्ड भएका खानासम्बन्धी ट्रेन्डहरू पत्ता लगाउँछ । ‘स्म्याश बर्गर’ यस्ता ट्रेन्डमध्ये एक हो ।
वेटरोजकी इनोवेसन म्यानेजर लिजी हेवुड भन्छिन्, “हामीले स्म्याश बर्गरलाई सामाजिक सञ्जालमा ट्रेन्डमा देख्यौं । हामीले स्म्याश बर्गर लन्च ग¥यौं, र त्यही समयमा यूकेमा तीनदेखि चार स्म्याश बर्गर रेस्टुरेन्टहरू खुल्न थाले ।”
कुकिजको सन्दर्भमा उनी भन्छिन्, “एआईले सामाजिक सञ्जालमा यससम्बन्धी छलफलहरूमा गत वर्षको तुलनामा ८० प्रतिशतदेखि ९० प्रतिशतसम्मको वृद्धि देखाएको छ । हामीले तीन महिनाभित्रै यसलाई हाम्रो परीक्षण स्टोरहरूमा लन्च ग¥यौं ।”
शेफ जीपीटी
सिंगापुरमा बस्ने इटालियन स्टेफानो कान्टुले एउटा एआई एप विकास गरेका छन् । जसले तपाईंको फ्रिज र दराजमा भएका सामग्रीहरूको आधारमा रेसिपीको सुझाव दिन्छ । उनले यसलाई ‘शेफ जीपीटी’ नाम दिएका छन् । क्यान्टु, जो सफ्टवेयर कम्पनीमा काम गर्छन्, भन्छन्, “म इटालियन हुँ, मलाई खाना बनाउने धेरै रुचि छ ।”उनी भन्छन् कि यो विचार उनलाई च्याटजीपीटीसँग रेसिपी सोध्दै गर्दा आयो ।
यस एपमा ड्रप–डाउन मेन्युहरू छन्, जसमा तपाईं आफ्नो किचनमा भएका सामग्रीहरू छनोट गर्न सक्नुहुन्छ, वा तपाईंलाई छिटो केही बनाउन आवश्यक छ, वा तपाईं कुशल कुक हुनुहुन्न भने पनि । त्यसपछि एआईले रेसिपी र त्यस परिकारको तस्वीर प्रस्तुत गर्छ ।
क्यान्टु भन्छन् कि एप लन्च भएको डेढ हप्तामा नै ३० हजारभन्दा बढी प्रयोगकर्ताहरू भइसकेका छन् ।
दुबईमा डोडो पिज्जाका स्पार्तक भन्छन् कि एआईलाई एउटा रोचक उपकरणको रूपमा हेर्नुपर्छ । तर पूरै मेन्यु त्यसको आधारमा तयार गर्न सकिँदैन । यद्यपि, दुबईमा डोडो पिज्जाका अनलाइन ग्राहकहरूले एआईद्वारा सुझाइएका पिज्जाका टपिङहरू पनि छनोट गर्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस्