Skip to content

ग्लोबल आइएमई बैंकको बालबालिका लक्षित ‘ग्लोबल जुनियर एप’ सार्वजनिक

nabil bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लक्षित ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ। बैंकले बालबालिकाहरूमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो।

बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफैं डिजिटल बैंकिङको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एपमार्फत तोकिएको उमेर समूहका बालबालिकाहरूले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन्।

यो एपमार्फत बालबालिकाहरूले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले बालबालिकाहरूमा आर्थिक जिम्मेवारीको समेत विकास हुनेछ। साथै, आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाहरूका लागि ग्लोबल जुनियर एपमार्फत् नवीनतम वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैंकले लिएको छ।

यो एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकाहरूमा वित्तीय व्यवस्थापनसम्बन्धी क्षमता विकासको लागि सुरक्षित वातावरणसमेत रहेको छ। ग्लोबल जुनियर एप १२ देखि १७ वर्षका किशोर प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको प्लेटफर्म हो।

यो एप बालबालिकाहरूले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकहरूको समन्वयमा सजिलै सुरू गर्न सकिन्छ। ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वारी गर्न र क्युआर कोडमार्फत भुक्तानी गर्ने जस्ता सुविधाहरू उपलब्ध छन्। यो एप डाउनलोड गरेर पहिलो वर्षको लागि निःशुल्क रूपमा प्रयोग गर्न सकिन्छ ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको बताएको छ।

बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi