Skip to content
Prabhu

बीमा प्राधिकरणमा बदमासी, २०८४ सालसम्मको म्यादी बीमाको हिस्सा लघुबीमालाई दिने गरी बीमा पुल निर्देशिका जारी

काठमाडौं । बीमा प्राधिकरणले बदमासी गरेर वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहीक बीमा कोष (पुल) सम्बन्धी निर्देशिका जारी गरेको छ । बुधबार प्राधिकरणको वेबसाइटमा राखिएको निर्देशिकामा २०८४ सालसम्म वैदेशिक रोजगार म्यादी बीमाको हिस्सामा लघुबीमालाई पनि समावेश गर्ने उल्लेख गरिएको हो ।

अहिले स्वीकृत भएको भन्ने एकिन विवरण नभए पनि सो निर्देशिका २०८१ साउन १ गतेदेखि लागू भएको उल्लेख गरिएको छ । निर्देशिकाले आगामी २०८४ साल असार मसान्तसम्म लघुबीमा कम्पनीहरुलाई अन्य ठूला बीमा कम्पनी सहर वैैदेशिक रोजगार म्यादी बीमाको हिस्सा प्रदान गर्नुपर्ने उल्लेख छ । विभिन्न काण्डहरुले विवादमा परेको अध्यक्ष सूर्य सिलवालले कर्मचारी र सञ्चालकहरुलाई समेत प्रभावमा पारेर यस्तो निर्देशिका जारी गर्न सफल भएको देखिन्छ ।

नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजगार म्यादी बीमा चालु आवमा लघुबीमा कम्पनीहरुको हिस्सा अन्य बीमा कम्पनीहरुमध्ये सामान्य मात्रै कम राखेर देखाउन खोजिएको छ । जसमा ७० प्रतिशत समान रूपमा वितरण गरेर बाँकी ३० प्रतिशत मात्रै गत आवको व्यवसायको हिस्साको आधारमा तय गरिएको छ ।

त्यस्तै निर्देशिकामा आव २०८२/८३ मा ८५ प्रतिशत सबैलाई समान र १५ प्रतिशत मात्रै योगदानमा आधारित हिस्सा कायम गरिएको छ । त्यस्तै, २०८३/८४ मा ९९ प्रतिशत सबैलाई समान र एक प्रतिशत मात्रै योगदानमा आधारित हिस्सा राखिएको छ ।

प्राधिकरणमा नीतिगत अस्थिरता निम्त्याउने कार्यमा अध्यक्ष सिलवाल आफै संलग्न रहँदै आएका छन् । महालेखा परिक्षकको कार्यालय बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणका कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्नुपर्ने भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराइसकेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal