Skip to content
Prabhu

सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटल प्रालि (काभ्रे, धुलिखेल) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौताअनुसार बैंकका ग्राहकहरुले धुलिखेल स्थित मिराबेल रिसोर्टमा बैंककोकार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सझौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहनेगा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरुमाफ्र्mत सम्पर्क गर्न सकिने छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न  प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal