Skip to content

आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले मृत्यु दाबीबापत १२ लाख ५२ हजार रुपैयाँ मृत्यु भुक्तानी गरेको छ।

उक्त कम्पनीले भदौ २० मा प्रदेश कार्यालय अत्तरिया शाखाका स्व. बिमित देवसिंह महतालाई मृत्यु दाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको हो।

अत्तरिया शाखा प्रमुख लक्ष्मण महता, प्रदेश संयोजक किशोरकुमार मल्ललगायतले वेदकोट–१० का वडाध्यक्ष रतन विष्ट स्व. महताको घरमै गएर उनकी श्रीमती शोभा खड्का महतालाई मृत्यु दाबी भुक्तानीबापत १२ लाख ५२ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

स्व. बीमित महताले २०८० भदौमा १० लाख बीमांकबापत वार्षिक किस्ता ५५,४५० भुक्तानी गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima