काठमाडौं । सोमबार सेयर बजारमा भारी गिरावट आयो । कारोबार रकम र परिसूचक दुवैमा गिरावट आएको दिन जम्मा २२ कम्पनीको सेयर मूल्य बढेको थियो ।
आइतबार सेयर बजारमा सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा हाथवे इन्भेष्टमेन्ट नेपाल रहेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ८.९८ प्रतिशतले बढेर कारोबार बन्द भएको छ । यो कम्पनीको प्रतिकित्ता सेयर मूल्य १२९ रुपैयाँले बढेर १ हजार ५६५ रुपैयाँ पुगेको छ ।
त्यस्तै आज नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । आजको कारोबार बन्द हुँदा नेपाल वेयरहाउसिङको सेयर मूल्य ७५ रुपैयाँ १० पैसाले बढेर १ हजार ६५ रुपैयाँमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.५९ प्रतिशतले धेरै हो ।
त्यस्तै आज इमर्जिङ नेपालको सेयर मूल्य पनि प्रतिकित्ता ७२ रुपैयाँ १० पैसाले बढेर १ हजार २०२ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको तुलनामा ६.३८ प्रतिशतले धेरै हो । सोमबारको कारोबार बन्द हुँदा सीइडीबी आइड्रोपावरको सेयर मूल्य ६.२१ प्रतिशत अर्थात् १२२ रुपैयाँले घटेर २ हजार ८५ रुपैयाँ पुगेको छ । आज स्वरोजगार लघुवित्तका सेयरधनीले पनि ५.८७ प्रतिशतले कमाए । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले बढेर १ हजार १०० रुपैयाँमा कारोबार बन्द भएको छ ।












प्रतिक्रिया दिनुहोस्