काठमाडौं । टाइगर प्यालेसको नयाँ लगानीकर्ताको समूहले क्यासिनोको बक्यौता तिरेको छ ।
टाइगर प्यालेस गैरआवासीय नेपाली समूहले किनेको थियो ।
टाइगर प्यालेसको लगानीकर्ता हिमालयन टाइगर इन्भेष्टमेन्टका अध्यक्ष बुद्धि सुवेदीले क्यासिनाको सम्पूर्ण बक्यौता भुक्तान गरिएको बताए ।
‘क्यासिनाकोको सम्पूर्ण बक्यौता सरकारलाई भुक्तान गरिसकिएको छ,फागनु २ देखि क्यासिनो सञ्चालनमा ल्याउने योजना छ,’सुवेदीले भने ।
वित्तीय रुपमा सिल्भर हेरिटेज समस्यामा परेपछि गैरआवासीय नेपालीहको समूह हिमालयन टाइगर इन्भेष्टमेन्टले गत साउनमा टाइगर प्यालेसको स्वामित्व लिएको थियो ।
सुवेदीको समूह टाइगर प्यालेसमा प्रवेश गरेपछि पछिल्लो समय भारतीय पर्यटकको संख्या बढ्यो क्रममा रहेको छ ।
‘हामीहरु व्यवस्थापनमा प्रवेश गरेपछि भारतमा आफ्नो मार्केटिङलाई ध्यान दिएका छौं, क्यासिनो सञ्चालनपछि भारतीय पर्यटक थप बढ्ने अपेक्षा छ,’सुवेदीले थपे ।












प्रतिक्रिया दिनुहोस्