Skip to content
Prabhu

भारतले नेपाललाई दिने अनुदान बढायो, ११ अर्ब २० करोड आउने

काठमाडौं । भारत सरकारले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने भएको छ । भारतको संसद्मा आगामी वर्षको लागि बजेट पेश गर्दै वित्तमन्त्री निर्मला वित्तमन्त्री निर्मला सीतारमणले बजेट सार्वजनिक गरेको बजेटमा ७ अर्ब भारतीय रुपैयाँ दिने उल्लेख छ । 

भारतले गतवर्ष ल्याएको बजेटमा ५ अर्ब ५० करोड दिने भनेकोमा ६ अर्ब ५० करोड भारतीय रुपैयाँ दिन लागेको जनाएको हो । 

भारतले अनुदान रकमलाई बढाएको हो । 

भारतले दिने अनुदान रकम भने नेपाल सरकारको  बजेटरी सहायतामा उल्लेख गरिएको हुँदैन । हालै मात्र सरकारले भारतीय दूतावासबाट सिधै २० करोड खर्च गर्न पाउने नियममा संसोधन गरेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal