Skip to content

व्यवसायी शंकर अग्रवाललाई थुनामा पठाउन विशेषको आदेश (आदेशसहित)

काठमाडौं । विशेष अदालतले व्यवसायी शंकरलाल अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ ।

आज मंगलबार विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, न्यायाधीशद्वय हेमन्त रावल र विदूर कोइरालाको संयुक्त इजलासले अग्रवाललाई थुनामा पठाउने आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अग्रवाललाई थुनामा पठाउन आदेश जारी गरेको हो ।

भदौ ३१ गते बैंकिङ कसूर मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अग्रवाललाई सर्वोच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालत‍का न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले उच्च अदालत पाटनको थुनामा राख्ने आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश जारी गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima