Skip to content

कम्पनीको नाम, लेटर फ्याट, छापको दुरुपयोग भयो भन्दै हाथवे इन्भेष्टमेन्टले जनायो आपत्ति

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले कम्पनीको नाम, लेटरहेड, छाप र कम्पनी सचिवको हस्ताक्षर दुरुपयोग गरी १५ लाख कित्ता सेयर बिक्रीसम्बन्धी नक्कली पत्र प्रसारण गरिएको जनाएको छ ।

सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा प्रसारित उक्त पत्रमा कम्पनीका सेयरधनी अम्बिका प्रसाद पौडेलले आगामी तीन महिनाभित्र १५ लाख कित्ता सेयर बिक्री गर्ने मनसायसहित कम्पनीलाई जानकारी दिएको उल्लेख थियो ।

कम्पनीले भने उक्त पत्र आफूले जारी नगरेको र पौडेलबाट समेत सेयर बिक्रीसम्बन्धी कुनै निवेदन वा सूचना प्राप्त नभएको स्पष्ट पारेको छ । कम्पनीका अनुसार लेटरहेड, चलानी नम्बर, छाप तथा कम्पनी सचिवको हस्ताक्षरसमेत स्वीकृतिबिनै दुरुपयोग गरिएको हो ।

कम्पनीले वास्तविक सेयर बिक्रीसम्बन्धी जानकारी प्राप्त भएमा नेप्सेको आधिकारिक सूचना प्रणाली र आफ्नो वेबसाइटमार्फत मात्रै सार्वजनिक गर्ने जनाएको छ ।

नक्कली पत्र तयार तथा प्रसारण गर्ने व्यक्ति वा समूहविरुद्ध नेपाल धितोपत्र बोर्ड र नेप्सेमा उजुरी दिने प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ । साथै, अप्रमाणित सूचनाका आधारमा लगानीसम्बन्धी निर्णय नगर्न सेयरधनी तथा लगानीकर्तालाई आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima