Skip to content

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं । नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ ।
दसैँदेखि छठसम्म लागू हुने यो सीमित अवधिको योजना ग्राहकहरूलाई स्वच्छ तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा सहजै जोडिन प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो । यस अभियानअन्तर्गत, बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकहरूले पाँचवटा विशेष सुविधा प्राप्त गर्नेछन्: एमआई फाइनान्सिङमा (प्रतिशत ब्याज, रु. १,००,००० सम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्ष ईएमआई भुक्तानी सुविधा, र निःशुल्क प्रिमियम एसेसरिज ) पाइने छन् ।
योजनाबारे बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “नेपालमा चाडपर्वहरू नयाँ सुरुवात र पारिवारिक खुसीका अवसर हुन् । ‘चेतक फेस्टिभ फाइभ’ मार्फत हामी ग्राहकहरूलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा दिन चाहन्छौँ । शून्य प्रतिशत ब्याज, आकर्षक क्यासब्याक र ५ वर्षको वारेन्टीजस्ता सुविधाहरूले गर्दा चालकहरूले कुनै पनि दुविधाबिना ढुक्क भएर स्मार्ट तथा वातावरणमैत्री यात्रा रोज्न सक्नेछन् भन्ने हाम्रो विश्वास छ ।” उनले भने ।
‘चेतक फेस्टिभ फाइभ’ अफर देशभरका सबै आधिकारिक बजाज तथा चेतक शोरुमहरूमा छठसम्म उपलब्ध रहनेछ ।
बजाज चेतकको बारेमा: 
बजाज चेतक इलेक्ट्रिक दुईपाङ्ग्रे सेग्मेन्टको एक अग्रणी ब्राण्ड हो, जसले आफ्नो ऐतिहासिक विरासतलाई टिकाउपन, शैली र स्मार्ट कनेक्टिभिटीसँग संयोजन गरेको छ । क्लासिक डिजाइनलाई आधुनिक पर्फर्मेन्सको उत्कृष्ट सम्मिश्रण रहेको चेतक नेपाली बजारमा सर्वाधिक भरपर्दो इलेक्ट्रिक स्कुटरका रूपमा स्थापित छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima