Skip to content

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, २ करोड १२ लाखभन्दा बढीले लिए सेवा

nabil
global ime
काठमाडौं । नेपालको पहिलो केबलकारका रूपमा परिचित मनकामना केबलकारले २८ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ ।
चितवन को–इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले हालसम्म दुई करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेको कम्पनीले जनाएको छ ।
समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको मनकामना केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।
२९औँ वर्ष प्रवेशका अवसरमा कम्पनीले संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको दूरदृष्टि र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीले स्थापनाकालदेखि साथ, सहयोग र विश्वास प्रदान गर्ने ग्राहक, कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदार, स्थानीय समुदाय, सहिद लखन गाउँपालिका र इच्छाकामना गाउँपालिकालगायतप्रति आभार व्यक्त गरेको छ ।
त्यसैगरी, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण शुभेच्छुकप्रति पनि कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।
आगामी दिनमा यात्रुलाई थप उत्कृष्ट सेवा र स्तरीय अनुभव प्रदान गर्दै केबलकार सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T