Skip to content

नेपाल र भारतबीच भएको सम्झौताले किसानका खेतमा समृद्धि, युवामा रोजगारी पुग्नुपर्छ : प्रधानमन्त्री शाह

nabil
global ime

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीच भएको सम्झौताले किसानको खेतमा समृद्धि देखिनु पर्ने बताएका छन् ।

दुई दिने भारत भ्रमणमा रहेका शाहले नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भएका समझदारी र अघि बढाएका परियोजनाको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्ने बताए ।

उनले अहिले भएका छलफलमा दूरगामी बिषय समेटिएको बताए । पारस्परिक सम्मान अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल भारत सम्बन्धको अविच्छिन्न अङ्ग भएको बताएका छन् ।

‘युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ, उद्यमीले बजार र लगानी विस्तार गर्न सक्नुपर्छ’ प्रधानमन्त्री शाहले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T