काठमाडौं । नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित जनकपुरधाम–अयोध्या विशेष रेल सेवा आजदेखि सुरु भएको छ ।
नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गरेका हुन् ।
भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन भएसँगै अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गर्नेछ । अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित रेल विभागका उच्च अधिकारीहरूले जनकपुरधाम आउने रेललाई बिदाइ गर्ने कार्यक्रम रहेको छ ।
यससँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहर जनकपुरधाम र अयोध्या प्रत्यक्ष रेल सेवामार्फत जोडिएका छन् । नयाँ रेल सेवाले दुवै देशबीच धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्