Skip to content

सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइनको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

nabil
global ime

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिलिगुडीदेखि झापाको चारआलीसम्म निर्माण हुने पेट्रोलियम पाइपलाइन परियोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उक्त परियोजनाको शिलान्यास गरेका हुन् ।

करिब ५० किलोमिटर लामो पाइपलाइनमध्ये १५ किलोमिटर भारत र ३५ किलोमिटर नेपालतर्फ पर्नेछ । परियोजनाअन्तर्गत झापाको चारआलीमा १९ हजार ५०० किलोलिटर क्षमताको इन्धन भण्डारण टर्मिनलसमेत निर्माण गरिनेछ ।

भारत सरकारको आर्थिक सहयोगमा इन्डियन आयल कर्पोरेसनले निर्माण गर्ने उक्त आयोजनाको सम्पूर्ण लागत भारतीय पक्षले व्यहोर्नेछ ।

परियोजना सम्पन्न भएपछि पूर्वी नेपालमा पेट्रोलियम पदार्थको ढुवानी तथा आपूर्ति सहज हुने र इन्धन आपूर्तिमा लाग्ने समय तथा लागत घट्ने अपेक्षा गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T