Skip to content

आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने खालको कानुन संशोधन र खारेज गरिन लागेको हो: कानुनमन्त्री गौतम

nabil
global ime
????????, ? ??????? ???? ??????? ?????? ??????????? ????? ?????? ?????, ????? ??? ?????? ?????? ??????? ?????? ???? ? ??????? ?????÷????
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अर्थसम्बन्धी असान्दर्भिक कानुन खारेज तथा संशोधन गर्ने काम अघि बढाएको बताएकी छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदले राखेका जिज्ञासाको जवाफ दिँदै उनले नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने कानुन खारेज तथा संशोधन गर्ने प्रक्रिया अघि बढाएको बताइन् ।
उनले व्यवसायको लागत बढाउने, कार्यान्वयनमा गलत प्रयोग हुन सक्ने तथा अनावश्यक नियन्त्रणमुखी र वर्तमान सन्दर्भमा असान्दर्भिक देखिएका कानुन खारेज तथा संशोधन गर्न लागेको स्पष्ट पारिन् ।
“उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदन, आर्थिक सुधारको मार्गचित्र, २०८१ ले दिएका सुझावका आधारमा नै अनावश्यक र असान्दर्भिक भएका ऐन खारेज गर्न लागिएको हो”, उनले भनिन्, “सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा यस्ता ऐन तथा असान्दर्भिक पुराना कानुन खारेज गर्ने उल्लेख गरेको थियो । सोहीबमोजिम त्यस्ता ऐन खारेज तथा अनावश्यक दफा संशोधन गर्न खोजिएको हो ।”
उनले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ मार्फत पुराना झन्डै आधा दर्जन ऐन संशोधन तथा परिमार्जन गर्न लागेको बताइन् । प्रादेशिक विकास आयोजना कार्यान्वयन ऐन २०१३, नेपाल मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन २०१९, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२, वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन २०५५ र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७० खारेज गर्न लागेको उनले स्मरण गराइन् ।
उनले ती ऐन खारेजसँगै प्रस्तावित विधेयकबाट मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०८२ गरी तीनवटा ऐन संशोधन गर्न प्रस्ताव गरिएको पनि बताइन् ।
“नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अप्ठ्यारा कहाँ छन् भन्ने कुरा फुकाउँदै जाने क्रममा पहिचान गरिएका र खारेज गर्नुपर्ने विषय सरकारले पहिचान गरी प्रस्ताव गरेको हो”, उनले भनिन्, “यसमा केही थप विषयवस्तु रहेछन् भने छलफल गर्न खुला छौँ ।”
बैठकमा सदस्यले सम्बन्धित मन्त्रीको उपस्थिति नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभापति डा. कृष्णहरि बुढाथोकीले १० मिनेट बैठक स्थगित गरेका थिए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T