Skip to content
Prabhu

गुराँस लघुवित्तले लाभांश घोषणा, १४ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने बोनस सेयर घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशतका दरले हुन आउने १ करोड ४४ लाख ४९ हजार ५०० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

त्यस्तै, लघुवित्तले सो बोनस सेयरको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश पनि वितरण गर्नेछ । भदौ २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal