Skip to content

त्रैमासिकको अन्तिम दिनमा कुनै पनि प्रस्ताव स्वीकृत नगर्न जीवन बीमा कम्पनीलाई निर्देशन

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई प्रत्यक त्रैमासिकको अन्तिम दिन कुनै पनि बीमा प्रस्ताव स्वीकृत नगर्नका लागि निर्देशन दिएका छ । बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणले एक सूचना जारी गर्दै जीवन बीमा कम्पनीहरुलाई प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै बीमा प्रस्ताव स्वीकृती नगर्न निर्देशन दिएको हो।

बीमा प्राधिकरणले बीमा व्यवसाय गर्ने बीमकले अभिकर्ताहरुलाई प्रदान गर्ने इन्सेन्टिभलगायतका सु्विधाको कट अफ डेट आवधिक वित्तिय विवरण पेश गर्ने मितिसँग मिल्न गएको हुँदा सो समयमै वित्तीय विवरण तयार गर्ने र बीमा कारोबारको डे इन्ड (दैनिक कारोबार बन्द) गर्ने निर्देशन लागू गर्न समेत कठिनाई उत्पन्न भएको हुँदा बीमा कम्पनीहरुलाई अन्तिम दिन कुनै पनि बीमा स्वीकृत नदिनका लागि तीनबुँदे निर्देशन दिएको छ ।

प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै बीमा प्रस्ताव स्वीकृती नगर्न तर उक्त दिनको अघिल्लो दिनसम्म स्वीकृत भएका प्रस्तावहरुको लागि बीमालेख जारी गर्न सक्ने जानकारी गराएको छ । त्यस्तै, जीवन बीमा कम्पनीका अभिकर्ताहरुको लागि बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा वा तथा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पूरा गरिसक्नुपर्ने गरी तोक्नुपर्ने व्यवस्था रहेको छ ।

प्रत्येक महिनाको २८ गतेपश्चात् गरिने बीमालाई सोहि महिनाको लक्ष्य, इन्भसेन्टिभ वा स्किममा समावेश नगरी अर्को महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किम समावेश गनुपर्ने व्यवस्था लागू गर्न कम्पनीहरुलाई दिएको प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime