Skip to content
Prabhu

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहक र परिवारलाई बुद्ध एयरको टिकटमा छुट

nabil

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहक र ग्राहकका परिवारले बुद्ध एयरको टिकटमा छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच भएको एक सम्झौता अनुसार बैंकका ग्राहक र ग्राहकका परिवार (बुबा, आमा, श्रीमती, छोराछोरी) ले बुद्ध एयरको टिकट किन्दा ८ प्रतिशत छुट पाउने भएका हुन् ।

उक्त सम्झौताअनुसार उक्त छूट सुविधा लिनका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको डेबिट, क्रेडिट कार्ड वा बैंकको मोबाईल बैंकिङमार्फत बुद्ध एयरको टिकट खरिद गर्नुपर्ने छ । यस प्रकारको सम्झौताबाट ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकिङ सेवाका अतिरिक्त यस बैंकले अस्पताल, रेष्टुरेण्ट, सपिङ मल लगायतका दर्जनौं विभिन्न सेवामूलक क्षेत्रसँग सम्झौता गरी ग्राहकहरूलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal