Skip to content
Prabhu

आरबीबी मर्चेन्टले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले असोज १८ गते साधारण सभा बोलाएको छ । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिले राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा बस्नेगरी साधारणसभा बोलाएको हो ।

सभाले गत आवको नाफाबाट कम्पनीको चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गर्ने छ । यसका साथै वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालु आवका लागि बाह्य लेखापरीक्ष नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal