Skip to content
Prabhu

नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल फ्लेक्सी क्यापको लाभांश घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ र नबिल फ्लेक्सी क्याप फन्डले लाभांश घोषणा गरेका छन् । यी दुई फन्डले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांशको दर घोषणा गरेका हुन् ।

क्यापिटलको मंगलबार बसेको सञ्चालक समितिले नबिल ब्यालेन्स्ड फन्ड–२ ले कर सहित ८ प्रतिशत र नबिल फ्लेक्सी क्याप फन्डले कर सहित ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका हुन् ।

दुवै फन्डले लाभांश प्रयोजनार्थ आज (भदौ २६) बुक क्लोज गर्ने जनाएका छन् । सोका आधारमा मंगलबार (भदौ २५) सम्म कायम एकाईधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal