Skip to content
Prabhu

बजारबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि ४० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले न्युनतम १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष आउने रकमका राष्ट्र बैंकलाई उपलब्ध गराउन सक्नेछन् । न्युनतम ब्याजदर कबोल गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई प्राथमिकतामा राखेर निक्षेप स्वीकार गर्ने राष्ट्र बैंकले बताएको छ ।

बुधबार अर्थात आज दिउँसो ३ बजेसम्म बैंक तथा वित्तिय संस्थाहरुले आ आफ्नो प्रस्ताव पेश गर्न सक्नेछन् र आजै बाडफाँट भैसक्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal