Skip to content
Prabhu

विन नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा विन नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दिउँसो सवा १२ बजेसम्मको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१८ रुपैयाँ ५० पैसाले बढेर २ हजार ४०३ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो समाचार तयार पार्दासम्म समग्रमा बजार परिसूचक १२ दशमलव २४ अंकले बढेको छ । यो अवस्थामा सेयर बजार परिसूचक २६४६ दशमलव १९ विन्दुमा पुगेको छ ।

कारोबार रक मभने १ अर्ब ७९ करोड ८८ लाख ५१ हजार ८९१ रुपैयाँको कारोबार भएको छ । पछिल्लो समय सेयर बजार आरालो यात्रामा रहेकको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal