Skip to content
Prabhu

सानिमा बैंकका ग्राहकलाई दुसित प्रिन्सेसमा १५ प्रतिशत छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरुको प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न दुसित प्रिन्सेस काठमाडौंमा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकले ग्राहकहरुले भिसा डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका सम्पूर्ण खाना लगायतका सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्ने छुटको व्यवस्था गरेको हो ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालयहरु तथा १ सय २४ वटा एटिएम सञ्चालनमा छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal