Skip to content
Prabhu

वीरगन्जमा लक्ष्मी सन्‌राइज बैंकको सेवा विस्तार

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले पर्साको वीरगन्ज महानगरपालिकामा शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ ।

बैंकको वीरगन्ज महानगरपालिका–६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नम्बर ८ स्थित लिंक रोड (अघिल्लो शाखा स्थानबाट करिब १ किलोमिटर उत्तर–पूर्वतर्फ) मा स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकले आदर्शनगरमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भएसँगै लक्ष्मी सन्‌राइज बैंकले सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास लिएको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्ने छ ।

हाल लक्ष्मी सन्‌राइज बैंकले ५९ जिल्लामा २ सय ५४ शाखा कार्यालय, ३ सय २० एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १ सय २८ शाखारहित बैंकिङ एजेन्टमार्फत सेवा दिँदै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal