Skip to content
Prabhu

पूर्वाधारमा लगानी भए नेपाल क्षेत्रीय ट्रान्जिट बन्छः एयरएसिया एभिएसन ग्रुपका सीइओ लिंगम

काठमाडौं । एयर एसिया एभिएसन ग्रुपका लिमिटेडका ग्रुप सीइओ बो लिंगमले पूर्वाधारमा लगानी भए नेपालको क्षेत्रीय ट्रान्जिटको रुपमा उदायन सक्ने बताएका छन् ।

आज बिहीबारदेखि काठमाडौंमा सुरु भएको नेपाल पूर्वाधार सम्मेलनमा स्इिओ लिंगमले सोही अनुसारका एयरपोर्टसहितका क्षेत्रमा निजी क्षेत्रमा सुहाउँदो नीति हुनुपर्नै बताए । उनले प्री एयरस्पेसको नीतिले एसियाको उड्डयन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

आसियान क्षेत्रमा सोही नीतिका कारण हवाई सेवा सुलभ र प्रतिस्पर्धा बनेको लिंगमले बताए ।
लिंगमले प्री प्री एयरस्पेसको नीतिको सहयोगमा नेपालसहित पर्यटकीय गन्तव्यमा अधिक पर्यटक भित्राउन सकिने बताए। बजारको मागअनुसार नीति अवलम्बन गरे लगानी बढाउन समस्या नहुने बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal