Skip to content

नेपाल बैंकको नगद निक्षेप मेसिन सञ्चालनमा

काठमाडौं । नेपाल बैंकले काठमाडौं न्यूरोडस्थित मुख्य शाखामा पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको छ।

बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउँदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिँदै लगिने जनाएको छ।

नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकाले ग्राहकलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको बैंकको भनाइ छ।

हाल बैंकले २ सय २९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २ सय ४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima