Skip to content

सिटिजन्स बैंक र फोनपेको साझेदारीमा नेपालका लागि पहिलो भर्चुअल क्रेडिट कार्डको शुभारम्भ

nabil bank

काठमाडौं । सिटिजन्स बैंकले फोनपे सँगको साझेदारीमा नेपालको पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ । सिटिजन्स फोनपे क्रेडिट कार्ड नेपालको आफ्नै कार्ड स्किमको रूपमा प्रस्तुत गरेको हो । जसले क्यूआर भुक्तानी र क्रेडिटको लचकतालाई पूर्णतया भर्चुअल बनाउन सक्षम बनाएको छ ।

सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रयोगकर्तालाई सजिलो र सुरक्षित भुक्तानी अनुभव प्रदान गर्छ । यस कार्डलाई सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एप मार्फत केही सेकेन्डमै प्राप्त गर्न सकिन्छ । यो कार्डले १४ लाखभन्दा बढी फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ, जसले गर्दा प्रयोगकर्ताहरूलाई कारोबारको व्यवस्थापनमा थप सुविधा प्रदान गर्दछ ।

मुख्य विशेषताहरू

भर्चुअल क्रेडिट कार्ड सिटिजन्स फोनपे क्रेडिट कार्ड पूर्णतया भर्चुअल छ, जसले गर्दा कार्डलाई मोबाइल एपमार्फत सजिलै व्यवस्थापन गर्न सकिन्छ । यो कार्ड नेपालमा पहिलो पटक भर्चुअल क्रेडिट कार्डको रूपमा उपलब्ध भएको छ । क्यूआर भुक्तानीको सुविधा यस कार्डमार्फत १४ लाखभन्दा बढी फोनपे मर्चेन्टहरूमा क्यूआर स्क्यान गरेर सहज भुक्तानी गर्न सकिन्छ, जसले गर्दा प्रयोगकर्तालाई विभिन्न कारोबारहरूको सुविधाजनक व्यवस्थापन गर्न मद्दत गर्दछ ।

४५ दिनसम्मको ब्याज मुक्त क्रेडिट अवधि सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई ४५ दिनसम्म ब्याजमुक्त क्रेडिट अवधि उपलब्ध गराउँछ । यसले प्रयोगकर्तालाई भुक्तानीको लागि थप समय दिनेछ । विभिन्न भुक्तानी विकल्पहरू कार्डले भुक्तानीको विभिन्न विकल्पहरूको सुविधा प्रदान गर्दछ, जसले गर्दा प्रयोगकर्ताले आफ्नो मनपरी सुविधाजनक भुक्तानी विधि चयन गर्न सक्छन् ।

प्रारम्भिक क्यासब्याक अफर सुरुवाती अवसरमा, कार्ड प्रयोगकर्ताहरूलाई ५० प्रतिशत ९१ हजार रुपैयाँसम्मको क्यासब्याक अफर प्रदान गरिएको छ । यो अफर २०८१ भदौ २७ देखि लागू हुनेछ र यो सीमित समयको अफर हो ।

सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेलले यस नयाँ क्रेडिट कार्डको सुरुवातलाई लिएर उत्साह व्यक्त गर्दै भने, ‘हामी फोनपेसँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाउँदा निकै खुसी छौं । यो कदमले हाम्रा ग्राहकहरूको क्रेडिट र भुक्तानीको प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। यो नविन समाधान हाम्रो अत्याधुनिक, ग्राहकमुखी वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो ।’

फोनपेका सीईओ दिवस कुमारले भने, ‘फोनपेमा, हामी ग्राहकहरूको अनुभवलाई अझ राम्रो बनाउन प्रतिबद्ध छौं र नेपालकै आफ्नै भर्चुअल क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा खुसी छौं । यो कार्डले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा थप सजिलो अनुभव दिनेछ। नेपालमा क्रेडिट कार्डको प्रयोग २ प्रतिशत भन्दा कम भएको अवस्थामा, हाम्रो भर्चुअल क्रेडिट कार्डले यो कमी पूरा गर्दै स्थानीयदेखि ठूला व्यापारीहरू सम्मको नेटवर्कमा तुरुन्त पहुँच पुर्याएको छ ।’

सिटिजन्स फोनपे क्रेडिट कार्डले नेपाली वित्तीय बजारमा नयाँ युगको शुरुवात गरेको छ, जसले गर्दा ग्राहकहरूले डिजिटल भुक्तानीको नयाँ अनुभव प्राप्त गर्न सक्नेछन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime