Skip to content
Prabhu

कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता सूचीकरण हुन बीमा प्राधिकरणको आह्वान

nabil

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता सूचीकरण हुन आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र बीमा प्राधिकरणको समन्वयमा निर्मित कृषि, पशुपन्छी जडिबुटी बीमाको रियल टाइम सफ्टवेयर मार्फत बीमा गर्ने काम सुरु गर्ने तयारी भइरहको प्राधिकरणले जनाएको हो ।

यसका लागि कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको सूची तयार गर्न लागिएकाले इजाजतपत्र प्राप्त कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्तालाई प्राधिकरणको वेभसाईटमा गई आफ्नो खाता बनाई सूचीकृत हुन आग्रह गरेको छ ।

सूचीकरण भएका कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताले मात्र कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता भई काम गर्न पाउने प्राधिकरणले बताएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal