Skip to content
Prabhu

ऋण चुक्ता नगरेपछि घरजग्गा लिलामी गर्दै नेपाल बैंक

nabil

काठमाडौं । नेपाल बैंकले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरूको घरजग्गा लिलाम गर्ने भएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण चुक्ता नभए धितो सुरक्षणमा रहेको सम्पत्ति लिलाम गर्ने जानकारी दिएको हो ।

कम्पनीले ऋणीहरूलाई कर्जा चुक्ता गर्न असोज २९ गतेसम्मको अवधि दिएको छ । सो अवधि नाघेमा बैंक लिलाम प्रक्रियामा जाने बताएको छ । बैंकले बर्दिया, बाजुरा, कैलाली, दोलखा, सिराहा, धनुषा र झापा जिल्लाका विभिन्न स्थानमा रहेको घरजग्गा लिलाम बिक्री गर्ने जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal