Skip to content
Prabhu

नबिल स्टक डिलरले बोलायो साधारणसभा

nabil

काठमाडौं । नबिल स्टक डिलर लिमिटेडले असोज २० गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको दरबारमार्गस्थित आफ्नै रजिष्टर्ड कार्यालयको सभा कक्षमा सभा बस्ने निर्णय गरेको हो ।

सभाले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गर्नेछ ।

चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी जिनको पारिश्रमिक पनि निर्धारण गर्ने छ । साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न प्रवधानहरुमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि रहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal