Skip to content
Prabhu

सूर्यज्योति लाइफको ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

nabil

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको ८ लाख १ हजार ४७६ कित्ता सेयर बिक्रीमा राखेको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०८ रुपैयाँ तोकिएको छ । उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउँछन् । ३५ दिनभित्र संस्थापकहरूले नकिनेको खण्डमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

सेयर किन्न इच्छुक सेयरधनीले आवश्यक पर्ने कागजात सहित काठमाडौंको थापाथलीस्थित सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्यसमेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal