Skip to content
Prabhu

प्रभु महालक्ष्मी लाइफको करिब २२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य २०३ रुपैयाँ

nabil

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २१ लाख ९६ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउँछन् । ३५ दिनभित्र संस्थापकहरूले नकिनेको खण्डमा भने सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

सेयर किन्न आवेदन दिँदा घटीमा २ लाख कित्ता सेयरकका लागि आवेदन दिनुपर्ने छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०३ रुपैयाँ तोकिएकाले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी आवेदन दिनुपर्ने छ ।

इच्छुक संस्थापकले काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal