Skip to content
Prabhu

१० ठूला बैंकको विदेशी कम्पनीबाट हुने भनिएको लेखापरीक्षण रद्ध

काठमाडौं । देशका १० ठूला बैंकको लेखापरीक्षण अन्तर्राष्ट्रिय कम्पनीले गर्ने कार्य स्थगित भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै नेपालका ठुला बैंकको गर्ने भनिएको लेखापरिक्षण कार्य र हालसम्म उक्त कार्य गर्न छनोट भएका कम्पनीहरुको प्रस्ताव नै रद्ध भएको बताएको हो ।

नेपाल राष्ट्र बैंकले गत वर्षको चैतमा नेपालका ठूला बैंकको अडिट गर्न इच्छुक विदेशी कम्पनीहरुका लागि भन्दै आशयपत्र माग गरेको थियो ।

सो आशयपत्रमा आवेदन दिएका विदेशी कम्पनीहरुमध्ये ५ कम्पनी सर्टलिस्टमा पनि परेका थिए । तर, उनिहरुको प्राविधिक प्रस्ताव र आर्थिक प्रस्तावहरुमा छलफल गर्दा हालसम्म कुनै कम्पनी पनि अयोग्य रहेको देखियो । यसैका कारण राष्ट्र बैंकले उक्त प्रक्रिया नै रद्ध गरेको बताएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका बैंकहरुको खराब कर्जा वास्तविक नभएको, धितो मूल्यांकनसम्बन्धी विधि प्रभावकारी भएको, वित्तीय अनुशासन नभएको लगायतका प्रश्न उठाएपछि अर्थमन्त्री र गभर्नरले विदेशी स्वतन्त्र लेखापरीक्षकबाट १० ठूला बैंकको लेखापरीक्षण सुरु गर्ने प्रतिबद्धता गरेका थिए ।

कर्जा र धितो मूल्यांकनलाई विशेष प्राथमिकता दिँदै इभरग्रिनिङ, सामूहिक ऋण र जोखिमको विषयमा लेखापरीक्षण गर्ने अर्थमन्त्री र गभर्नरको प्रतिबद्धता थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal