Skip to content

कञ्चनबारीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका– ४ मा बिहीबारदेखि कञ्चनबारी शाखा सञ्चालनमा ल्याएकोे हो।

यो शाखासहित बैंकको शाखा संख्या २ सय ७३ पुगेको छ। नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको बैंकले जनाएको छ। बैंकका कोशी प्रदेश प्रमुख यशपालकुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बैंकका प्रदेश प्रमुखले नयाँ शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए। हाल बैंकको २ सय ७३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २ सय ६६ वटा एटिएमबाट सेवा दिइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima