काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि जारी गरिने वैदेशिक रोजगार म्यादी बीमा पोलिसी गर्ने जीवन बीमा कम्पनीहरुका लागि बीमा प्राधिकरणले निश्चित मापदण्ड तोकेको छ । प्राधिकरणले तीन महिनासम्म वैदेशिक रोजगार विभागमा सूचीकृत भएका जीवन बीमा कम्पनीहरुले बीमालेख जारी नगरे वैदेशिक रोजगार म्यादी जीवन बीमा कोषको सदस्यता खारेज हुने व्यवस्था गरेको हो ।
सो मापदण्ड पूरा नगर्ने बीमा कम्पनीको सदस्यता स्वतः खारेज हुने र म्यादी बीमा गर्न पाउने छैनन् । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार विभागमा सूचीकृत भई लगातार तीन महिनासम्म बीमालेख जारी नगर्ने बीमा कम्पनीहरुको सदस्यता स्वतः खारेज गर्ने भएको छ ।
त्यस्तै बीमा प्राधिकरणको निर्देशन बमोजिमे वैदेशिक रोजगार विभागमा सूचीकृत नभएका बीमा कम्पनीहरुले पनि सामूहिक कोषमा सहभागी हुन र बीमालेख जारी गर्न पाउने छैनन् । चालु आवको साउन १ गतेदेखि नै बिक्री भएका बैदेशिक रोजगार बीमालेखसमेत लागू हुने गरि पुल मार्फत बैदेशिक रोजगार बीमा सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्