काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । भरतपुर मनपा–२, चितवन निवासी निज खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परी मृत्यु भए पश्चात उनका श्रीमान इन्द्र नारायण श्रेष्ठलाई बीमा वापतको १० लाख रकम हस्तान्तरण गरिएको हो ।
सो रकम कुमारी बैंकको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको थियो । सानिमा जिआईसी इन्स्योरेनसबाट बीमा दाबी रकम प्राप्त भएपश्चात कुमारी बैंकमार्फत सो रकम भुक्तानी गरिएको थियो ।
कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरुले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ । कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्