Skip to content
Prabhu

असोज महिनामा अझै घट्यो वाणिज्य बैंकको ब्याजदर,एनआईसी एशियाले सबैभन्दा बढी दिने

काठमाडौं । असोज महिनामा वाणिज्य बैंकले ब्याजदर अझै घटाएका छन् । भदौ महिनाको तुलनामा ९ वटा वाणिज्य बैंकले एकवर्षको मुद्दति निक्षेपमा दिने ब्याजदर घटाएका हुन् ।

असोज महिनाको लागि ब्याजदर बढाउने बैंकमा नेपाल बैंक र सानिमा बैंक रहेका छन् ।

वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार असोज महिनामा सबैभन्दा बढी ब्याजदर एनआईसी एशिया बैंकले एकवर्षको मुद्दति निक्षेपको लागि ७.१८ प्रतिशत दिने छ । सबैभन्दा कम ब्याजदर सानिमा बैंकले दिने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal